• साउन २२, २०७७
  • जुनकिरी खबर

धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना संक्रमण

alt

धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ । धरान उपमहानगरपालिका–३ गौधारा बस्ने एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उक्त परिवारका ७ वर्षीय बालकसहित ८५ वर्षीय र ४० वर्षीय पुरुष तथा ८० वर्षीया महिला र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाँकी ८ जना संक्रमितमध्ये धरान ११ बस्ने दुई महिला, भारतबाट आएर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बसेका ५ जना भारतीय गोर्खा सैनिक र धरानको तरकारी बजारस्थित एक पुरुष छन् ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान १७ का २८ र २६ वर्षीय २ जना पुरुष, वडा नम्बर १५ का ३४ वर्षीय पुरुष, वडा नम्बर ११ का ३५ वर्षीय पुरुष र वडा नम्बर १९ का एक पुरुष छन् । वडा १९ का पुरुषको यसअघि साउन १६ गते नै स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर गएका थिए । तर उनका साथीहरुको रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनमा नै बसेको र दोस्रो पटकका रिपोर्ट पोजेटिभ आएको मेहताले बताए । उनीहरु सबै भारतीय सेनामा कार्यरत हुन् ।

धरानमा ‘ट्र्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएकाले समूहमा संक्रमण (क्लस्टर अफ केसेज) देखिएको चिकित्सकहरुले बताएका छन् । बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर संजीव शर्माले समूहमा संक्रमण फैलिएकाले सबैले सतर्कता अपाउनुपर्ने बताए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मास्कको अनिवार्य प्रयोग र भीडभाड नगर्न आग्रह गरे ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]