• साउन २३, २०७७
  • जुनकिरी खबर

धरानमा १० वर्षीय बालकलाई कोरोना

alt

धरानमा शुक्रबार १० वर्षीय बालकमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ । ती बालकसँगै उनकी आमा र हजुरआमालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरिएको थियो ।

धरान–१५ बाझगरास्थित दशरथ पथमा डेरामा बस्ने ती बालककी आमा धरान उपमहानगरपालिकाकी कर्मचारी हुन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आमा र हजुरआमाको रिपोर्ट आउन बाँकी छ । बालकसँग सम्पर्कमा रहेका १७ जनाको ट्रेसिङ भएको उनले बताए ।

‘ती बालकलाई कसरी संक्रमण भयो भन्ने पहिचान हुन सकेको छैन । उनको सम्पर्कमा आएकाहरूको शनिबार स्वाब संकलन गर्नेछौं । शनिबारै वडा १५ मा कार्यरत कर्मचारी र अन्य जोखिममा रहेकासमेत गरी ७० जनाको स्वाब संकलन गरिनेछ,’ उनले भने । संक्रमित बालकका बाबु धरानको एक हार्डवेयर पसलका ट्र्याक्टर चालक हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]