• साउन २७, २०७७
  • जुनकिरी खबर

कोरोना संक्रमण रोक्न मुख्यमन्‍त्री राईले लिए सुझाव

alt

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले नियन्त्रणका लागि सरोकारवालासँग छलफल गरेका छन्।  मंगलबार भर्चुअल बैठक राखेर मुख्यमन्त्री राईले प्रदेशभरका जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र उद्योगी सँग छलफल गरेका हुन्। 

प्रदेशका सबै मन्त्रीसमेत सहभागी छलफलमा सरोकारवालाले दिएको सुझावका आधारमा सरकारले कोरोना भाइरस नियन्त्रणका लागि थप रणानीति तयार पार्ने मुख्यमन्त्री राईले बताए।  

बैठकमा सहभागीले प्रदेशका मुख्य सहर र मास बाक्लो हुने क्षेत्रमा मात्रै बढी कोरोनाको असर बढी देखिएकाले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव मुख्यमन्त्रीलाई दिए।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए। ‘तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘समन्वय भए कोभिड महामारी नियन्त्रणको काममा सहज हुन्छ, सबैले समन्वयमा काम गरौँ।’

सबैभन्दा बढी संक्रमण फैलिएको झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। 

छलफलमा उद्योगी व्यवसायीले निजी अस्पताल र होटललाई पनि आइसोलेसन बनाउन सुझाव दिए। उनीहरुले लकडाउन समन्वय गरेर मात्र गर्नुपर्ने नत्र त्यसको कुनै अर्थ नरहने बताए। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]