• साउन २८, २०७७
  • जुनकिरी खबर

धरानमा भदौ ३ गतेसम्म लकडाउन

alt

धरान उपमहानगरपालिकाले धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कार्यपालिकाको बैठकले  भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि लकडाउनको समय साउन २८ गते मध्यराति १२ बजे सम्म तोकिएको थियो । लकडाउनको म्याद सकिन लागेपनि धरानमा गरिएको रेण्डम मास पीसीआर टेस्टिङको नतिजाले लकडाउन फेरि बढाउनु पर्ने अवस्था आएको कार्यपालिका सदस्य एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टाराईले बताए ।

कार्यपालिका बैठकले धरान बाहिरका नाकाबाट ल्याइने फलफुल तरकारी, दुधलाई रोक्ने निर्णय गरेको छ । वडाध्यक्ष भट्टराईकाअनुसार धरानभित्रै आन्तरिकरुपमा उत्पादित फलफुल तरकारी, खाद्यान्नलाई भने सहजीकरण गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]