• साउन ३०, २०७७
  • जुनकिरी खबर

इटहरीका डिएसपी,प्रहरी निरिक्षक सहित ३ प्रहरीलाई सोधियो स्पष्टीकरण

alt

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीसहित एक प्रहरी निरीक्षकलाई विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिनेमा भण्डारीसहित मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारी छन् । तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लिखित स्पष्टीकरण सोधिएको हो । डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।

गत वैशाखमा इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा मुद्दा नचलाउने भन्दै प्रहरीले आर्थिक चलखेल गरेको थियो । कटवाल विरुद्धको जाहेरी प्रहरीले १७ दिनपछि मात्र दर्ता गरेको थियो । यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको आरोप छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]