• साउन ३२, २०७७
  • जुनकिरी खबर

भदौ ७ गतेसम्म सुनसरी निषेधित क्षेत्र

alt

जिल्ला विपद व्यवस्थापन समिति (डीसीसीएमसी) ले सुनसरी निषेधित क्षेत्रको अवधि एक साताका लागि बढाइएको छ । समितिले भदौ ७ गते राति १२ बजेसम्म जिल्लालाई निषेधित क्षेत्रको रुपमा कायम राख्ने आइतबारको बैठकले निर्णय गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलेकाअनुसार छिमेकी जिल्लाहरु झापा, मोरङ, उदयपुर, सप्तरीलगायतमा कोरोना संक्रमण बढिरहेको र खुला सीमाना रहेको भारत विहारमा पनि संक्रमण थपिरहेकोले तेस्रो पटक सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ‘कोरोनाको महामारी थप फैलनबाट रोक्न जिल्ला प्रशासनले अति अत्यावश्यकबाहेक हिँड्डुल, आवतजावत गर्न, सवारी साधन चलाउन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरे पनि लापरबाही गर्ने सर्वसाधारणको संख्या पनि उत्तिकै रहेको छ,' उनले भने, 'तिनै लापरबाही गर्नेहरुबाट कोरोना संक्रमण फैलिने हो । सबैलाई प्रहरी प्रशसनले नियन्त्रण गर्न नसक्ने भएकाले आफै सचेत भएर प्रोटोकल पालना गर्नु पर्ने अवस्था छ ।’

जिल्ला प्रशासनले सम्पूर्ण हाटबजार, पसल सञ्चालन गर्न निषेध गरेको छ भने ढुवानी तथा अन्त्यावश्यकबाहेक कार, बस, जिप, माइक्रो, इ-रिक्सा, मोटरसाइकललगायत सबै सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

खाद्यान्न तथा निर्माण सामग्री ढुवानी साधनले स्वास्थ्य प्रोटोकल पालना गरी सञ्चालन गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाको विद्युतीय अनलाइन सेवाबाहेक बाह्य सेवा बन्द हुने पनि प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]