• साउन ३२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि

alt

विराटनगरमा ८६ जनासँगै प्रदेश १ मा आइतबार एक सय तीन जना नयाँ संक्रमित भेटिएका छन् । थपिएकमा ६९ पुरुष र ३४ महिला छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताकाअनुसार मोरङमा ९२, खोटाङमा छ, सुनसरीमा दुई, इलाममा एक र प्रदेश १ बाहिरका दुई जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । 

मोरङको विराटनगर महानगरमा भेटिएका नयाँ ८६ संक्रमितमध्ये ५४ पुरुष र ३२ महिला छन् । विराटनगरमा मात्रै हालसम्म संक्रमित संख्या पाँच सय ६६ पुगेको छ । त्यस बाहेक मोरङको बूढीगंगामा तीन, धनपालथानमा दुई र कटहरीमा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा छ पुरुष, सुनसरीको इटहरीमा एक पुरुष, दुहवीमा एक महिला, इलामको देउमाइमा एक पुरुष, बाराका एक पुरुष र सिरहाकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म दुई हजार १० पुगेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]