अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार ११:४५ बजे सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ। अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved