• भदौ ६, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा थपिए ९० कोरोना संक्रमित, हालसम्म १८ जनाको मृत्यु

alt

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८९ जना कोरोना संक्रमित थपिएका छन् । ३८ महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएका छन् ।

विराटनगरमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । महानगरका १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला र १२ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।  झापाको मेचीनगरमा ३ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला र २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

थपिएका संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ । शुक्रबार कोरोनामुक्त भएर ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वी जनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् ।

प्रदेशमा अहिलेसम्म १ हजार २२४ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २७९ छ । कोरोनाबाट प्रदेशमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना २ नम्बर प्रदेशका हुन् भने १ जना सुनसरीका र १२ जना मोरङका भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]