• असार ३१, २०७६
  • जुनकिरी खबर

विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

alt

सर्वोच्च अदालतले सिमाक्षेत्रमा विषादी परीक्षण गर्ने निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।


यो आदेशले विषादीपरीक्षण पुन:सञ्चालनगर्नुपर्ने भएको छ। गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको थियो।यसका साथै अदालतलेगुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]