• भदौ ११, २०७७
  • जुनकिरी खबर

सुनसरीमा ३८ सहित प्रदेश १ मा थप ९० जना कोरोना संक्रमित थपिए

alt

सुनसरीमा ३८ सहित प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन् ।

कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आजसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]