• असार ३१, २०७६
  • जुनकिरी खबर

बाढीपहिरोले ३० राजमार्ग र ४ पुलमा क्षति

alt

केही दिनयताको अविरल वर्षाका कारण मुलुकभरका ३० वटा मुख्य राजमार्गमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । 

सडक विभागका अनुसार बाढीपहिरोका कारण पुल र सडकमा गरी झन्डै २ अर्ब बराबर रुपैयाँको क्षति पुगेको छ । बीपी राजमार्गमा यातायात पूर्ववत् रूपमा सञ्चालन गर्न करिब २० करोड खर्च लाग्ने विभागको अनुमान छ । ‘यो क्षतिको प्रारम्भिक अनुमान हो । सबैतिरको क्षतिको पूर्ण विवरण आइसकेको छैन,’ विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘वर्षात पनि सकिएको छैन ।’


सामान्य खाल्डो पर्नेदेखि सडक नै बगाउनेसम्मको क्षति भएको विभागले जनाएको छ । पानी पर्ने क्रम नरोकिएकाले केही राजमार्गमा पहिरो पन्छाउन समस्या भएको विभागले जनाएको छ । व्यस्त र निर्माणाधीन राजमार्गका पुलसमेत बाढीले बगाएको छ । कतिपय ठाउँमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोले क्षति गरेको छ । महानिर्देशक शर्माका अनुसार नारायणगढ(मुग्लिन खण्डमा पनि पहिरो गएको छ । ‘हाम्रो ध्यान वर्षात नसकिँदासम्म कसरी बाटो चालु गर्ने भन्नेमै छ,’ उनले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]