• भदौ १४, २०७७
  • जुनकिरी खबर

आवश्यक मापदण्ड पुरा गरेर इटहरीका बजार खोलिने

alt

इटहरीमा १८ गते देखि चाडवाडलाई लक्षित गर्दै बजार खुल्ला गर्ने गरिएको छ । आवश्यक मापदण्ड तयार गरेर बजारलाई खुकुलो बनाउने तयारी गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

सबै सुरक्षा अपनाएर बजार पसल खुल्ला गर्ने तयारी गरिरहेका छौ इटहरीकी उपमयेर लक्ष्मी गौतमले भनिन् । लामो समय सम्म ब्यवसाय बन्द हुदा समस्या हुदै गएको भन्दै बजार केहि खुकुलो गर्न लागिएको उपमेयर गौतमको भनाई छ ।

हाट बजार लाग्न नदिने गरि विशेष सुरक्षा अपनाएर मात्र बजार खुकुलो बनाउँने तयारी भएको छ । तरकारीहरु टोल टोलमै डुलाएर बेच्न दिने गरि तयारी भईरहेको तर निर्णय भने भएको छैन उपमेयर गौतमले भनिन् ।  अहिले साझमा भट्टी पसलहरु फस्टाएको भन्दै यस्ता गतिविधि रोक्न पहल गरिने इटही उपमहानगरपालिकाले जनाएको छ । अहिले ५ बजे पछि होटलहरुमा मादक पदार्थ खानेहरुको भिड लाग्ने गरेको भन्दै यस्तो नगर्न उपमेयरको आग्रह छ ।

यता इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेलले इटहरीमा आवश्यक सुरक्षा अपनाएर बजार खोलिने बताएका छन । लामो समय सम्म बजार नखोल्दा ब्यापारीहरु बैकको ब्याज र घरभाडा तिर्ने नसक्ने अवस्थामा पुगेको भन्दै आवश्यक सुरक्षा अपनाएर बजार खोल्ने तयारी भएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]