• भदौ १८, २०७७
  • जुनकिरी खबर

सुनसरीमा खुकुलो बनाइयो निषेधित क्षेत्र

alt

सुनसरी प्रशासनले जिल्लाभर लागु रहँदै आएको निषेधित क्षेत्र आज रातीबाट खुकुलो पार्ने निर्णय गरेको छ ।प्रशासनले जारी गरेको सूचना सँगै भोलिबाट सुनसरीका बजार पसल मापदण्ड अनुरुप संचालनमा ल्याउन पाइने छ । विहान १० बजेसम्म बजार पसल खोल्न पाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार स्वास्थ्य मापदण्ड अनुसार तोकिएको समयावधिभर बजार पसल खोल्न पाइने छ ।

लक डाउन खुकुलो बनाइएको जनाइएपनि प्रशासनले सिटी सफारी बाहेकका सवारीका साधन भने तत्काल संचालन गर्न नपाइने भनेको छ । प्रशासनले २ जना सवार रहन सक्ने गरी स्वास्थ्य प्रोटोकलको ख्याल गरी सिटी सफारी भने संचालनमा ल्याउन सकिने जनाएको छ । बजार पसल निश्चित समय खुलेपनि सैलुन, ब्युटीपार्लर, जिमखाना भने खोल्न पाइने छैन् ।

दैनिक तथा साप्ताहिक हटिया र सडक पेटीमा गरिने व्यापार समेत तत्काल संचालन गर्न नपाइने सुनसरी प्रशासनले जनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था भने स्वास्थ्य मापदण्ड अनुसार भीडभाड नहुने गरी संचालन गर्न पाइने सुनसरी प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]