• भदौ २२, २०७७
  • जुनकिरी खबर

सुनसरीमा ६६ सहित प्रदेश १ मा थप १५५ जनामा कोरोना संक्रमण

alt

प्रदेश १ मा गएको २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो ।

सोमबार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा थप ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुष, झापाको कन्काईमा ७ महिला र ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या प्रदेशमा ४३ पुगेको छ ।

प्रदेश १ मा सोमबार ५२ जना डिस्चार्ज भएका छन् ।

सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि।जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]