• भदौ २२, २०७७
  • जुनकिरी खबर

इटहरीमा असोज १ गतेदेखि होटेल खोल्ने वातावरण बनाउन माग

alt

होटेल व्यवसायी संघ इटहरीले होटल खोल्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संघले दुई चरणमा होटल खोल्न लागेको जनाएको हो । उसले होटल सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेको छ ।

पहिलो चरणमा भदौ २५ गतेदेखि सानो लगानीका चिया पसल, खाजा घर तथा रेस्टुरेन्ट खोल्ने र दोस्रो चरणमा असोजदेखि ठुला होटेल तथा लज सञ्चालनको तयारी रहेको संघले जनाएको छ ।

६ महिनादेखि जारी लकडाउनको कारण हजारौँ व्यवसायी तथा कर्मचारीहरूमा आश्रित परिवारको अवस्था भयावह हुँदै गएकोले होटेल खोल्नुको विकल्प नरहेको संघले जनाएको छ ।

दुरी कायम गर्ने तथा सुरक्षाको उपाय अपनाएर होटल तथा जलहरू खोल्ने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन समक्ष माग गरिएको सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]