• भदौ २३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा एक लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

alt

प्रदेश १ मा एक लाख जनाको पीसीआर जाँच गर्दा चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार १७७ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

पीसीआर पोजेटिभ देखिएकामध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । २ हजार २३९ जना उपचाररत छन् ।

परीक्षण गरिएकामध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा औसतमा एकसय जनाको परीक्षण गर्दा चार जनाको पोजेटिभ देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण गरिएको छ ।

प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २३ जनाको मृत्यु भएको छ ।

सुनसरीमा २३ हजार ६७९ को परीक्षण गरिएको छ जसमा एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बीपीमा गत १८ चैतदेखि, कोशीमा २९ चैतदेखि, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १९ वैशाखदेखि र मेची अस्पतालमा ३० साउनबाट पीसीआर जाँच सुरु गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]