• भदौ २३, २०७७
  • जुनकिरी खबर

सुनसरीमा २ बजेसम्म बजार खोल्न पाइने

alt

सुनसरीमा आजदेखि २ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइने निर्यणमा केही परिवर्तन गरी आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने निर्णय भएको हो।

कार्यालयले आज एक सूचना जारी गर्दै डिसिसिएमसिको आज बसेको बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको बताएको छ ।

उद्योगी, व्यवसायी तथा अन्य समेतको माग अनुसार पसल खोल्ने सम्बन्धमा आजबाट २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रले द्वारा हस्ताक्षरीत सूचनामा उल्लेख छ ।

हाललाई सैलुन, ब्युटि पार्लर, स्पा, व्यायमशाला भने खोल्न पाइने छैन । यस्तै, होटल तथा रेष्टुरेन्टले अनलाईन डिलिभरी र टेकअवेको विधी बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार पनि अर्को व्यवस्था नभएसम्मलाई निषेध गरिएको उल्लेख छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]