• भदौ २४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए

alt

 प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेमा मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौबिसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमल गाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ४१२ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभूत विद्यालय धनपालथान गाउँपालिकाबाट १३, जिल्ला अस्पताल सङ्खुवासभाबाट ५ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ९४८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]