• भदौ २५, २०७७
  • जुनकिरी खबर

सुरु भयो जितिया

alt

जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’ मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ। यसको अर्थ हो, ‘जितिया पर्व गर्न एकदमै गाह्रो छ, बालबच्चा सुताएर व्रतालुले थालभरि खान्छन्।’

जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईवटा भाव आउँछ, एउटा यो पर्व एकदमै गाह्रो छ र अर्को व्रतालुले थालभरि खान्छिन्। दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध छ। जितिया पर्वबारे भविष्य पुराणमा पनि वर्णन गरिएको छ।

आश्विन कृष्णपक्ष अष्टमीमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात् व्रत विधिवत् समापन गरिन्छ। मिथिलाञ्चलमा यो व्रत गर्नेहरू एक दिनअघिदेखि ‘सधवा’ अर्थात् ( श्रीमान् जीवितै रहेका महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाइन’ खाने चलन छ। जितिया व्रत सुरु हुनुअघि र अष्टमी तिथि सुरुभन्दा पहिले चुडा दही खाने चलन छ, जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ।

पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने भएकोले जितिया पर्व गर्न गाह्रो छ र दुई दिनसम्म उपवास बस्नुपर्ने भएकोले अष्टमी तिथि सुरु हुनुअघि दही च्युरा टन्न खानुलाई मैथिली कथनले जोडेको छ। प्रायः अष्टमी तिथिको सुरुआत बिहान ३–४ बजेपछि हुन्छ र त्यतिबेला बालबच्चा सुतिरहेका हुन्छन्। त्यसैले मैथिलीमा भनिएको हो, ‘जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’।

निराहार बस्ने यो व्रतमा अष्टमी तिथिको सुरुआतसँगै व्रतालुहरू पोखरी, नदी तथा जलाशयमा स्नान गरी पूर्वतिर फर्केर तामाको अर्घामा सूर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना चढाउँछन्। योसँगै तेल र पिना आफ्नो पुत्रको टाउकोमा लगाइदिने प्रचलन छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]