• भदौ २६, २०७७
  • जुनकिरी खबर

सुनसरी जिल्ला समन्वय समितिका सभापतिलाई कोरोना पुष्टि

alt

जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराएका छन् । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिएका थिए । उनका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् ।
उनले भने, 'कार्यालयको कामकाज, आकस्मिक मिटिङ लगायत विभिन्न अन्य कामकाजका दौरान जो कोहीसँग आफ्नो सम्पर्क रह्यो ती सबैलाई स्वास्थ्य जाँचको लागि अनुरोध गर्दछु ।'

भण्डारीले आफ्नो सम्पर्कमा रहेकाहरुको हकमा कन्ट्याक्ट ट्रेसिङकका क्रममा जानकारी गराउने बताए । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरु नछुटुन भनेर सबै सामू स्वास्थ्य जाँच गराउन वा स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरिएको बताए ।

भण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा छन् । उनको अवस्था सामान्य छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]