• भदौ २७, २०७७
  • जुनकिरी खबर

इटहरीका ८ जनामा कोरोना संक्रमण पुष्टि

alt

इटहरीमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । २५ गते गरिएको स्वाब संकलनमध्ये तरहराका चारजना सहित इटहरीमा थप ८ जनामा कोरोना संत्रमण भएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेहरुमा इटहरी २० तरहराका ४८, २६, ३२ बर्षीया महिला र ३१ बर्षीय पुरुष रहेका छन् । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार चार जना मध्ये दुई जना माइक्रोफाइनान्समा काम गर्ने व्यक्ति हुन् ।

 ठेगाना इटहरी २० उल्लेख गरिएपनि उनीहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै, एक महिला भने वीपी प्रतिष्ठानमा रहेकी छिन् भने अर्की एकजना महिला भने तरहरामै होम आइसोलेसनमा रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, अन्य संक्रमित हुनेहरु इटहरी ४ का १ जना, ५८ बर्षीया महिला, इटहरी १२ का १ जना, ५९ बर्षीया महिला, इटहरी १३ का २ जना २६ र ४८ बर्षीय पुरुष रहेका छन् । यो सँगै इटहरीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय १७ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]