• भदौ २९, २०७७
  • जुनकिरी खबर

इटहरीमा आज थप १३ जनामा कोरोना संक्रमण

alt

इटहरीमा थप १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भाद्र २५ गते गरिएको स्वाब संकलनमध्ये थप १३ जनामा कोरोना संक्रमण भएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेहरुमा इटहरी ८ का ३ जना, ५ बर्षीय बालक, २५ र ३२ बर्षीया महिला रहेका छन् । त्यस्तै, इटहरी ९ का १ जना, ५८ बर्षीय पुरुष, इटहरी १० का १ जना, १९ वर्षिय पुरुष, इटहरी १२ का ६ जना, ६ बर्षीया बालिका, १३, ३०, ३५ र ४२ बर्षीया महिला रहेका छन् । अर्का एकजना पनि इटहरी १२ कै ४६ बर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी इटहरीबाट स्वाब संकलन गरी प्रदेश ल्याबमा पठाइएको दुहवी १२ का ३० बर्षीय पुरुष र सुन्दरहरैंचा ६ की २० बर्षीय महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यो सँगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३० पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]