इन्टरनेट सेवा प्रदायकहरूले आज बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
उनका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय गरेको हो । सेवा प्रदायकले आफ्ना उपभोक्तालाई मूल्य वृद्धिबारे जानकारी गराइसकेकोउनले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved