• असोज १, २०७७
  • जुनकिरी खबर

होम आइसोलेसनबाटै मन्त्री घिमिरेले जिते कोरोना

alt

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएको १८ दिनपछि आज घिमिरे कोरोना सङ्क्रमण मुक्त भएका हुन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । 

सङ्क्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए । १८ दिनको एकान्तबासपछि सङ्क्रमण मुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

 प्रदेश १ मा पाँच हजार एक सय कोरोना सङ्क्रमित छन् । ती मध्ये दुई हजार १ सय सङ्क्रमण मुक्त छन् । सक्रिय सङ्क्रमित  मध्ये आधा भन्दा बढी होम आइसोलेसनमा छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]