• असोज ४, २०७७
  • जुनकिरी खबर

इटहरीमा सय शय्याको आइसोलेसन तयार

alt

इटहरी उपमहानगरपालिकाले सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित इटहरी रंगशालाको विभिन्न संरचनामा आइसोलेसन सेन्टर तयार गरेको हो ।

उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ र स्थानीय संघसंस्थाको थप आर्थिक सहयोगमा आइसोलेसन सेन्टर तयार गरेको हो । नगर प्रमुख चौधरीका अनुसार आइसोलेसन सेन्टरमा महिला र पुरुषका लागि अलग अलग शौचालय, बाथरुम, निःशुल्क वाइफाई सहित खाने बस्ने सुविधा रहेको छ ।

इटहरी उपमहानगरपालिकाका कोभिड १९ क्वारेन्टाइन व्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले इटहरी उपमहानगरपालिका क्षेत्रमा हालसम्म ४ सय ९ जना कोरोना संक्रमित पुष्टि भएको बताए । ती मध्ये १ सय ५० जना निको भएका छन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]