• असोज ५, २०७७
  • जुनकिरी खबर

सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

alt

 सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

मृत्यु हुनेको सङ्ख्या सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा रहेको छ । धरानमा धरान-१५ मा २ पुरुष, १ महिला, धरान-८ मा १ पुरुष, धरान-१७ मा २ पुरुष १ महिला गरी ७ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसैगरी सुनसरीको रामधुनी नगरपालिकाको झुम्का कारागारका १ जना पुरुष, बर्जू गाउँपालिका वडा नं-२ का एक जना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड-१९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार बर्जूका सङ्क्रमितको कोशी अस्पताल विराटनगरमा मृत्यु पछि कोरोना परीक्षण गरिएको थियो ।

आज इनरुवा नगरपालिका-४ की एक महिलाको मृत्यु भए सँगै सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको हो । सुनसरी जिल्लामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या १४६४ पुगेको छ । यी मध्ये ९ जनाको मृत्यु भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]