• असोज १०, २०७७
  • जुनकिरी खबर

कुनैपनी शैक्षिक गतिबिधि नगर्न जिल्ला प्रशासन पत्र

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहहरूलाई विभिन्न सेवा र कार्यहरूको सुची पठाएर मन्त्रीपरिषद्को निर्णय अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू तत्काल सञ्चालन नगर्न भनेको छ ।

यस्तै, शैक्षिक र अन्य परीक्षा सञ्चालनमा पनि रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरू सञ्चालन नगर्न स्थानीय तहहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनारमा पनि रोक लगाएको छ भने सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायत मनोरञ्जन स्थलहरूमा पनि रोक लगाएको छ ।

सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिम खाना तथा हेल्थ क्लब लगायतमा पनि सरकारले रोक लगाएको छ । यस्तैगरी अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू र पुस्तकालय, संग्राहलय र चिडियाखाना सञ्चालनमा पनि रोक लगाएईएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]