• असोज १०, २०७७
  • जुनकिरी खबर

आज पनि प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

alt

प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

हिजोअस्ति लगातर झरी पारेको प्रणालीकै असरले आज पनि प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर धेरै ठाउँको मौसम दिउँसो खुल्नेछ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको हो । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम आज दिनभरी नै सामान्य भई केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् बासीको पूर्वानुमान छ । आज राती पनि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गएराति स्थानीय वायुको प्रभावले बुटवल आसपासम निकै ठूलो पानी परेको उनले जनाए । मंगलबार बेलुकीदेखि देशभरी नै झरी पारेको प्रणालीको असर कम हुँदै गएकाले अब केही दिनमा यो वर्षको मनसुन पनि सकिने मौसमविद् बासीको भनाइ छ । मनसुन बाहिरिनको लागि आवश्यक प्रणाली बन्दै गएकाले अबको केही दिनमा नेपालबाट मनसुन बाहिरिने उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]