• असोज २२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना संक्रमण तीव्र वृद्धि

alt

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको प्रदेश १ मा दैनिक संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ। बुधबार तीन सय ४३ जनामा संक्रमण पुष्टि भयो। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। एक हजार तीन सय १० जनाको पीसीआर परीक्षण हुँदा एक सय ३६ महिला र दुई सय सात पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। 

प्रदेशमा मंगलबार तीन सय ३० जनामा संक्रमण पुष्टि भएको थियो। छ सय ६६ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३५ पुरुष र एक सय ९५ महिलामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा सोमबार एक सय ६४ जना संक्रमित थपिएका थिए। सामाजिक विकास मन्त्रालयका अनुसार पाँच सय ९२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ७६ महिला र ८८ पुरुषको रिपोर्ट सोमबार पोजिटिभ आएको हो। 

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार चार सय ४७ पुगेको छ। एक लाख ३० हजार छ सय ७१ जनाको पीसीआर परीक्षण भएकोमा एक लाख २२ हजार दुई सय २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। संक्रमण पुष्टि भएर होम एवं विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये डिस्चार्ज हुँदै चार हजार एक सय ३२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। चार जना तीन सय १५ जनाको उपचार जारी छ।  

मन्त्रालयका कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विशालका अनुसार प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ। जसमा प्रदेश १ स्थायी ठेगाना भएका ७२ जना रहेका छन्। प्रदेश २ स्थायी ठेगाना भएका दुई महिला र १३ पुरुष गरेर १५ जना संक्रमितको प्रदेश १ मा उपचारका क्रममा ज्यान गएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]