• असोज २३, २०७७
  • जुनकिरी खबर

इटहरीबाट ६७ बन्डल पटकासहित दुई जना पक्राउ

alt

सुनसरीको इटहरीबाट ६७ बन्डल पटकासहित दुई जना पक्राउ परेका छन् । इटहरी–५ स्थित राजमार्ग एरियाबाट सुनसरी श्रीपुरका १९ वर्षीय आलम मियाँ र सोही स्थानका २७ वर्षीय समीर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ बजे पटकासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागि मौका छोपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणसँगै बोरा तथा कार्टुन खोलेर हेर्दा श्रीविजय–कोब्रा–६७ बन्डल पटका फेला पारी बरामद गरिएको हो ।

यसरी पटकासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]