• असोज ३०, २०७७
  • जुनकिरी खबर

सुनसरीमा चाडपर्व लक्षित भीडभाड रोक्न निषेधाज्ञा जारी

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिँदा दसैं, तिहार, छठ, चासोक तङ्नामजस्ता चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बढ्दो कोरोना महामारीको सन्दर्भमा शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको हो ।

सुनसरीमा चाडपर्वको सन्दर्भमा निषेधाज्ञा जारी गरेको विषयमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘कोरोना संक्रमणको फैलने दर र मृत्यु दर बढेको र जोखिम अझै रहिरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको हो ।’ चाडपर्व नजिकिएसँगै मानिसहरु यसै बेला आफ्नो मनोकांक्षा भाकल पूरा गर्न विभिन्न शक्तिपिठ र मठमन्दिरहरुमा पूजाअर्चनाका लागि जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले त्यस्ता भीडभाडलाई रोकेर कम्तीमा कोरोना फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अुनसार मन्दिरमा नित्य पूजा गर्ने एक जना पुजारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हुने सामूहिक भजनकिर्तन, मस्जिदमा भेला, गुम्बामा भेला, चर्चमा भेला, शुभकामना आदनप्रदान कार्यक्रम, उद्घाटन र सिलन्यास, राजनीतिक दलका कार्यक्रमहरुमा पनि रोक लगाएको छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]