• कार्तिक १, २०७७
  • जुनकिरी खबर

इटहरीमा ४ मासु पसल सिल

alt

इटहरी उपमहानगरले पटक पटक सम्झाउँदा पनि अटेर गर्ने इटहरीका ४ मासु पसललाई सिल गरेको छ ।

आज बिहान इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले इटहरी पश्चिम लाइनमा रहेका नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसलमा सिल गरेको हो ।

उक्त पसलले न्यूनतम स्वास्थ्य मापदण्ड पनि पुरा नगरी बिक्री गरेको, व्यवसाय कागजपत्र नलिई सञ्चालन गरेको, पसल अगाडी जाली नलगाई व्यापार सञ्चालन गरेको पाइएपछि सिल गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

१ हप्ता अगाडी बजार अनुगमनका क्रममा उक्त पसललाई आवश्यक मापदण्ड पुरा गर्न पत्र लेखिएको थियो तर उक्त पत्रको बेवास्ता गरी व्यवसाय सञ्चालनको गरेको पाइएपछि बाध्य भएर शिल गर्नु परेको उपमेयर गौतमको भनाई छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]