• कार्तिक ४, २०७७
  • जुनकिरी खबर

इटहरीमा म्याद गुज्रीएको सामान बिक्री

alt

इटहरी उपमहानगरद्वारा इटहरीको लविपुर,पकली र कान्छीचौकमा वजार अनुगमन गरि म्याद नाघेका समाग्री वरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ती ठाँउहरुका ८ वटा किराना पसलमा अनुगमन गरिएको हो । चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।


मसला,तेल,सुजि,सस,वेसन,कोदोकोपीठो,वेसार,फुडकलर,हर्लिक्स,चिया पत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिए । मूल्यसूची नराखेका,पसलको वोर्ड नराखेका,वर्षेनी नविकरण नगरेका पसलहरुलाई तीनिहरुको ब्यवस्था गर्न निर्देशन दिइएको छ ।

म्याद गुज्रिएका समान राख्ने छुटटै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टास्न भनिएको छ । इटहरीमा निरन्तर वजार अनुगमन भइरहेको छ । उपभोक्ताको हीत र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तिव्रता दिइएको उपमेयर गौतमले जानकारी दिईन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]