• कार्तिक ६, २०७७
  • जुनकिरी खबर

बीपीमा कोरोना सङ्क्रमितको लागी धरौटी राख्नुपर्ने निर्णय

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना सङ्क्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा। डा। गौरी शङ्कर शाहले एक सूचना जारी गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौवाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको जनाएको छ ।

सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन भए अनुसार प्रतिष्ठानमा कोभिड १९ को लागि गरिने उपचार सेवा, पिसिआर परीक्षण सम्बन्धमा आउँदो कार्तिक ९ गते आइतबार देखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई ४ वटा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

सङ्क्रमित बिरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ । प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नुपर्नेछ ।

यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लाग्ने छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]