• कार्तिक ९, २०७७
  • जुनकिरी खबर

२४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु

alt

 पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सुनसरीमा चार र पोखरामा चार जनाको मृत्यु भएको हो । सुनसरीमा मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार असोज २० गते कोरोना पुष्टि भएकी धरान–१७ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएकी उनलाई पहिल्यैदेखि मृगौलासम्बन्धी समस्या थियो । यसैगरी धरान–१५ बाझगराकी ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गर्दागर्दै ती महिलाको मृत्यु भएको हो । यस्तै, कोरोना संक्रमणबाटै धरान–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ भने संक्रमणबाटै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

यता, पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिकाको भएको खुल्न आएको छ । पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको थियो ।

कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । यसैगरी, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ ।

कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन् ।

यस्तै, पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]