• कार्तिक १७, २०७७
  • जुनकिरी खबर

प्रशासनको निर्णयले इटहरीका होटल व्यवसायी मारमा

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीका होटल व्यवसायीहरुलाई आतकिंत बनाएको होटल व्यवसायी संघ इटहरीले आरोप लगाएको छ ।

प्रशासन सुनसरीको गैरजिम्मेवारीको कारण इटहरीका अधिकांश होटल व्यवसायीहरु आतकिंत हुनु परेको व्यवसायीहरुको आरोप रहेको छ ।

प्रहरी प्रशासनको कारण इटहरीका अधिकांश होटल व्यवसाय चौपट्ट भएको इटहरी होटल ब्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले बताए । ८ बजे नै प्रहरीहरु होटलका ढोका ढकढक्याउन आउने गरेको भन्दै इटहरीका होटल तथा पर्यटन व्यवसायीहरु चिन्तित बन्नुपरेको उनको भनाई छ ।

 

इटहरीका होटल सञ्चालकले साझ ८ बजेसम्म मात्र होटल खोल्न प्रशासनको निर्णय व्यवसायीहरुलाई धरासायी बनाउने खालको भएको उनको आरोप छ ।

६ महिनासम्म ठप्प भएको होटल व्यवसाय अहिले पनि चलाउन नपाएको भन्दै व्यवसायीहरु करोडौँ ऋणमा डुबेको उनको भनाई थियो ।

होटल व्यवसायी संघ इटहरीले सोमबार नै समग्र होटलहरु धरासायी भएको भन्दै स्थानीय सरकार र प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]