• कार्तिक २३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना सङ्क्रमण दर तीव्र बन्दै

alt

कोरोना सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ नहुँदा प्रदेश १ मा कोरोना सङ्क्रमण तीव्र गतिमा बढेको बताइएको छ ।

यस भन्दा अघि कोरोना सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ गरेर उ सँग सम्पर्कमा रहेकाहरूलाई कन्ट्रयाकमा राखी उसको स्वास्थ्य परीक्षण गर्ने गरिन्थ्यो ।

तर पछिल्लो समय स्थानीय सरकार पालिकाहरूले आफ्नो पालिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या मात्रै गने र सङ्क्रमितको सम्पर्कमा आएकाहरूलाई नगनिँदा र कन्ट्रयाक ट्रेसिङ नगरिँदा संक्रमित बढेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले बताए ।

उनका अनुसार प्रदेश नं। १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६ सय १५ पुगेको छ । प्रदेश १ को कुल संक्रमित मध्ये सुनसरी, मोरङ र झापामा मात्रै ८७ प्रतिशत संक्रमित रहेका छन् । यी मध्येबाट १३ हजार ५ सय ७३ जना संक्रमित निको भइसकेका छन् ।

संक्रमित र निको भएकाहरूको तथ्याङ्कलाई हेर्ने हो भने ७ हजार ८ सय ५ जना आइसोलेसनमा रहनु पर्ने हो । तर अहिले करिब २ सय जना आइसोलेसनमा बसेको रेकर्ड छ भने बाँकी १ सय ५० जना अस्पतालमा उपचाररत छन् ।

बाँकी संक्रमित काहा र कुन अवस्थामा छन् रेकर्ड नहुनु नै कोरोना सङ्क्रमणको मुख्य कारण भएको प्रमुख प्रसाईँले बताए । प्रदेश नं. १ मा ८७ बेडको आइसियु, ३० वटा भेन्टिलेटर छन् । अहिले सम्म आइसियुमा ४४ जना र १० जनाको भेन्टिलेटरमा उपचार भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]