• कार्तिक २५, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा सात दिनमै ५६ जनाको मृत्यु

alt

प्रदेश १ मा फैलँदो कोभिड १९ संक्रमणसँगै मृत्यु पनि बढ्दो छ । पछिल्लो एक सातामा प्रदेश १ मा ५६ जना संक्रमितको ज्यान गएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १६ कात्तिकमा ४ जना, १७ र १८ कात्तिकमा ५–५ जनाको मृत्यु भएको छ ।

१९ कात्तिकमा १४ जनाको ज्यान गएको छ । २० कात्तिकमा ९ जनाले ज्यान गुमाएका थिए । २१ कात्तिकमा १२, २२ कात्तिकमा ५ र २३ कात्तिकमा २ जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ कात्तिकमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार एक सय ९८ पुगेको छ । तीमध्ये २४५ जनाको मृत्यु भएको छ । १४ हजार आठ सय एकजना संक्रमण मुक्त भएका छन् । दसैँपछि संक्रमणदर बढ्दो क्रममा छ ।

मन्त्रालयका अनुसार १६ कात्तिकसम्म प्रदेश १ मा कोभिड १९ बाट १ सय ८७ को ज्यान गएको थियो । त्यो संख्या कात्तिक २३ पुग्दा बढेर २ सय ३९ पुग्यो । सोमबारसम्म २४५ पुगेको छ ।

आसोज २४ सम्म प्रदेश १ मा जम्मा ९६ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गएको दसैँले संक्रमण फैलाउन राम्रै भूमिका खेलेको तथ्याङ्कले देखाउँछ ।

कात्तिक ५ गतेसम्म १ सय ५१ जनाको मृत्यु भएको प्रदेश १ मा १० गतेसम्ममा १ सय ७१ पुगेको थियो । त्यसयताको तथ्याङ्कले संक्रमणसँगै ज्यान जाने क्रमले तीव्रता लिएको देखाउँछ ।

पछिल्लो समय संक्रमण बढ्दो छ । मानिसले परीक्षण नगर्ने र अवस्था जटिल देखिएपछि मात्र परीक्षण गर्ने बानीले गर्दा संक्रमित र मृतकको संख्या बढाउँदै लगेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]