• कार्तिक २५, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा रगतको अभाव

alt

कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु प्रभावित हुँदा प्रदेश १ मा रगतको अभाव भएको छ। मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा सञ्चित रगत नहुँदा अस्पतालहरुमा जटिल खालका बिरामीको अपरेशनलगायतका सेवा प्रभावित हुन थालेको छ।

नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव भएपछि सबैलाई रत्तदान गर्न आह्वान गरेको छ। सोसाइटीका मोरङका सभापति विनोद सिंहले रेडक्रस सोसाइटीमा अहिले सञ्चित रगत नहुँदा समस्या उत्पन्न भएको जानकारी दिए।

विराटनगमा रहेका ठूला अस्पतालहरुको बिरामीका लागि आवश्य रगतको लागि दैनिक ठूलो माग रहेको उनले बताए। उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्रको ब्लड बैंकमा पनि रगत अभाव भएर समस्या भएको छ।

रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र सञ्चालित ब्लड बैंकमा प्रतिष्ठानमा उपचारमा आएका बिरामीहरुलाई आवश्यक रगत उपलब्ध हुँदै आएको छ। तर, हिजो आज भने कोभिडको कारण रक्तदान कार्यक्रमहरु हुन छोडेपछि रगत सकिएको ब्लड बैंकका इञ्चार्ज सुवासचन्द्र सिंहले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]