• कार्तिक २६, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ३६८ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा बुधबार ३६८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्बु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

मोरंगकोे विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा सङ्क्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहबीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, बिर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, सङ्खुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्बु १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा आज १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १५ हजार ७५६ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]