• साउन ३, २०७६
  • जुनकिरी खबर

देउवा सिरहाका बाढी र डुबान पीडित क्षेत्रमा

alt

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिरहाका बाढी र डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । पूर्वप्रधानमन्त्री देउवा, सिरहाका पार्टी सभापति रामचन्द्र यादव, सांसद चित्रलेखा यादवसहितको टोलीले जिल्लाको बन्दीपुर, कमलाको बाढीले बढी डुबान गरेको सिरहा नगरपालिका ६ स्थित बसबिट्टा, माडर र औरही गाउँपालिका २ तुल्सीपुर क्षेत्रको अवलोकन गरेको थियो ।

बसबिट्टास्थित बाँध भत्काएर कमला खोलाको बाढी पसेको स्थान र कमला खोलामैं पुगेर कमला नदीको उनले अवलोकन गरे । सिँचाइँका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढीपीडित छन् ।


जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ५ हजार २० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा सिरहामा ५ जनाको मृत्यु भएको थियो । सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर आकाशबाटै अवलोकन गरेर फर्किएपछि गुनासो बढिरहेका बेला प्रदेश २ का बाढीपीडित जिल्लाका गाउँ गाउँमा पुगेका कांग्रेस सभापति देउवाले बाढीपीडित परिवारलाई यहाँका जनताका दुःख दर्द समेटेर संसद्‌मा सरकारसँग कडा माग राख्ने आश्वासन दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]