• कार्तिक २९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिए

alt

 प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, तेह्रथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् ।

झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बाह्रदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६३, रतुवामामा ६, कटहरीमा ४, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको चुलाचुलीमा २, इलाममा १, तेह्रथुमको म्याङलुङमा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ ।
प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैविच पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]