• कार्तिक ३०, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ८५ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहबीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, तेह्रथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँगुरीगढीमा १, झापाको दमक र बिर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको छ ।प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ७५० पुगेको छ ।

प्रदेश १ मा आज ४२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ९३१ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]