• मंसिर ५, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण

alt

पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुन सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ ।

प्रदेश १ मा आज २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ७१, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा ३-३, इलाम र धनकुटामा २-२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५-५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १-१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोसी गाउँपालिकामा १-१, सङ्खुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १-१, झापाको दमक र बिर्तामोडमा ५-५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३-३, कनकाईमा २, बुद्धशान्ति, हाल्दिबारी र कमल गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तेह्रथुमको म्याङ्लुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सूर्योदयमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]