• मंसिर ९, २०७७
  • जुनकिरी खबर

रामधुनीका सबै विद्यालय खुल्ने

alt

सुनसरीको रामधुनी नगरपालिकाका विद्यालयमा बुधबारदेखि पठनपाठन् हुँने भएको छ । गत बिहीबार कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन हुँने गरी विद्यालय खोल्ने निर्णय रामधुनी नगर कार्यपालिकाले गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयसँगै बुधबारदेखि विद्यालय खोल्ने तयारी भइरहेको छ । विद्यालय सञ्चालन गर्नलाई आफुहरुले सरकारी निर्णय पर्खिएर बसेको र बुधबारदेखि नै पठनपाठन् सूचारु गरिने प्याब्सन रामधुनीका अध्यक्ष बाबुराम खडकाले जानकारी दिए ।

नगरपालिकाले कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालनको अनुमति दिएको भएपनि तल्ला कक्षा खोल्नेबारे कुनै निर्णय भएको छैन । केहि विद्यालय सञ्चालकहरुले भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तल्ला कक्षाहरुसमेत खोल्न पाउँनुपर्ने माग राख्दै आएका छन् ।

नियमित अनुगमन गरिने, १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने

‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गर्दै शिक्षा मन्त्रालयलेसमेत स्थानीय सरकारलाई आफ्नो मातहतका विद्यालय खोल्ने बाटो खुल्ला गरिदिएसँगै रामधुनीले विद्यालय खोल्ने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने र एउटा कोठामा बढीमा १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने निर्णयसमेत कार्यपालिकाले गरेको मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्ड सम्बन्धित विद्यालयले अनिवार्य पालना गरेको हुनुपर्ने र त्यसका लागि नगरपालिकाले नियमित अनुगमनकोसमेत ब्यबस्था गर्ने मेयर चौधरीको भनाई छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]