• मंसिर १०, २०७७
  • जुनकिरी खबर

कोरोना भ्याक्सिन : बिरामी, गर्भवती र ज्येष्ठ नागरिकका लागि कति सुरक्षित ?

alt

अमेरिकी कम्पनीहरु फाइजर र बायोटेकले निर्माण गरिरहको कोरोना खोप संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी रहेको नतिजा सार्वजनिक गरेको थियो ।

त्यसैगरी बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोभिड १९ विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको नतिजा आएको छ । कोरोना भाइरसविरुद्ध निर्माण गरिएका खोपहरुको सफल भएको नतिजा एकपछि अर्को गर्दै आइरहेका छन् । खोप निर्माण कार्यमा सफल भएको समाचार आएसँगै मानिसहरुमा आशा जागेको छ ।

अमेरिकी एलर्जी र संक्रामक रोगहरुको राष्ट्रिय संस्थानको निर्देशक एन्थोनी फैसीका अनुसार अमेरिकी सरकार डिसेम्बरको देश्रो साताबाट गम्भीर जोखिमा परेका समूहहरुलाई फाइजर भ्याक्सिन लगाउने तयारीमा जुटिसकेको छ ।

सकारात्मक परिणाम आएका भ्याक्सिनको डाटा मूल्यांकन गरेपश्चात विश्व स्वास्थ्य संगठनले स्वीकृति दिए कोभड १९ विरुद्धको खोप ढिलोचाँडो आइपुग्ने निश्चित छ । खोप आउने सम्भावना बढेसँगै मानिसहरुमा विभिन्न प्रकारका कौतुहलता र प्रश्न उब्जने गरेका छ । हाल कोभिड १९ विरुद्ध निर्माण हुँदै गरेका भ्याक्सिनसम्बन्धी उब्जिएका प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको छ ।

१० महिनामा कसरी निर्माण गर्न सकियो भ्याक्सिन ?

प्रयोगमा रहेका धेरै खोप तयार गर्नका लागि लामो अध्ययन भयो । कतिपय अवस्थामा एक दशकभन्दा पनि बढी समय लाग्ने गरेको थियो । कुनै एक खोप तयार गर्नका लागि यस सम्बन्धित विशेषज्ञहरुको आवश्यकता हुन्छ र यसका लागि सरकारले पनि ठूलो धनराशी खर्च गरेको हुन्छ ।

हाल फैलिएको संक्रमण कुनै एक देशको मात्र नभई विश्व समुदायको समस्या भएको छ । महामारीको कारणले विश्वभरका वैज्ञानिकहरुलाई अनुसन्धान गर्न बाध्य बनायो । दर्जनौं देशका अनुसन्धानकर्ताको समूहहरुले भाइरस द्रुत गतिमा कसरी फैलिरहको छ भन्ने विषयमा अध्ययन गर्न थाले । अनुसन्धानमा संलग्न समूहले द्रुत गतिमा कार्यसम्पादन गर्नका लागि आचारसंहिता बनाए, जसले गर्दा भ्याक्सिनको प्रभावकारिता नतिजा आउनुपूर्व यसको उत्पादन कार्यमा जोड दिइयो । यसरी अघि बढ्नाले विविध चरणको परीक्षण आउनुपूर्व लाखौंको संख्यामा खोपहरु तयार हुन थाल्यो ।

खोप कत्तिको सुुरक्षित र भरपर्दो छ ?

फाइजर कम्पनीले निर्माण गरेको खोपको परीक्षण परिणाम सफल भएको बतायो । मोडर्नाको परीक्षण नतिजा पनि ९५ प्रतिशत हाराहारीमा सफल भएको दावी गरिएको छ । यसरी दावी गरेको खोपको प्रभावकारिता अन्य खोपहरुको तुलनामा बढी देखिएको छ । तथापि हाल आएका नतिजाहरु प्रारम्भिक मात्र हुन् ।

मोडर्नाको अध्ययनमा १५०० सहभागीहरुलाई थौरै स्लाईनको मात्रा (प्लेसिबो) दिइयो जसमा कुनै साइड इफेक्ट रहको हुँदैन । केही महिनापश्चात, तिनीहरुमध्ये ९० जनामा कोभिड १९ देखिएको थियो । यसपछि अरु १५०० सहभागीहरुमा खोप दिइयो, जसमध्ये ५ जनामा कोभिड १९ भएको पाइयो । प्लेसिबो मात्र दिइएकामध्ये ११ जना गम्भीर विरामी भएका थिए भने, खोप लगाइएकाहरु कसैमा पनि गम्भीर प्रकृतिको बिरामी पाइएन ।

अन्तर्राष्ट्रिय खोप प्रतिष्ठानका प्रमुखले बायोटेक मोर्डनाद्वारा निर्मित खोपको प्रारम्भिक तथ्यांकको प्रशंसा गर्नुका साथै यसको प्रभावकारिता मूल्यांकन अझै पनि प्रारम्भिक चरणमा नै रहको भन्दै सतर्क गराए । ‘मलाई लाग्छ यो राम्रो खबर हो र एक प्रकारले पुष्टि भयो कि आरएनए खोपले संक्रामक रोगबाट सुरक्षा दिन सक्छ । कोभिड–१९ खोपको सम्भावना भएको यो एक राम्रो उदाहरण पनि हो,’ प्रतिष्ठानका निर्देशक डा. जेरोम किमले भने ।

खोपले संक्रमण रोक्ने काम गर्दछ वा गम्भीर बिरामी हुनबाट बचाउँछ भन्ने कुरा थप स्पष्ट हुन बाँकी छ ।

खोपको प्रभावकारिताको एक औषत दर हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, पोलियो खोपको प्रभावकारिता ९९ देखि १०० प्रतिशत रहेको छ । त्यसैगरी डिप्थेरिया, टिटानस र पर्टुसिसविरुद्धको खोप ८० देखि ९० प्रतिशतसम्म रहेको छ । तर फ्लुविरुद्ध दिइने खोपको प्रभावकारिता हरेक वर्ष फरक–फरक हुन सक्छ ।

कोभिड १९ विरुद्धको खोपको कुनै साइड इफेक्टहरु छन् ?

मोडर्नाले भनेअनुसार यस भ्याक्सिनको कुनै साइड इफेक्ट छैन । खोप परीक्षणमा सहभागी भएकाहरुमध्ये थोरैमा मात्र शरीर र टाउको दुख्ने समस्याहरुको अनुभव गरेका थिए । यसरी देखिने लक्षण अरु सामान्य फ्लूविरुद्ध दिइने खोपजस्तै हो । खोप दिइसकेपछि प्रतिरक्षा प्रणाली बनिने हुँदा यस्ता सामान्य लक्षण देखिनु स्वभाविक हो ।

‘उनीहरुले सुरक्षाको कुनै चिन्ता नभएको जिकिर गरे । यसको साइड इफेक्ट भनेको नै खोप लगाएको स्थानमा दुख्ने, थकान हुने, मांसपेशी, जोर्नी र टाउको दुख्ने जस्ता लक्षणहरु हुन् ।’ किंग कलेज लण्डनको फर्मास्युटिकल मेडिसिनका भिजिट प्राफेसर डा. पेन्नी वार्डले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]