• मंसिर २९, २०७७
  • जुनकिरी खबर

सुनसरीमा काँग्रेस नेताको उद्घोष : अब देशमा काँग्रेसको विकल्प छैन

alt

नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा बिरोध सभाको आयोजना गरेको छ । सभा पूर्व काँग्रेन नेता कार्यकर्ताले इनरुवामा जुलुस निकालेका थिए । सरकार बिरोधी प्रदर्शनमा काँग्रेस समर्थितहरुको बाक्लो उपस्थिति रहेको थियो ।बिरोध प्रदर्शन प्रश्चात नेपाली काँग्रेस सुनसरीले इनरुवाको बस चौकमा सभाको आयोजना गरेको छ ।

सो सभालाई काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मंत्री ज्ञानेन्द्र कार्कीले सम्बोधन गर्नु भएको छ । बिरोध सभालाई सम्बोधन गर्दै नेता कार्कीले ओली सरकार सर्वसत्तावाद तर्फ उन्मूख भएको भन्दै नेकपा सरकारको अवसानको दिन आएको बताउनु भयो ।

वहाँले मुलुकमा ब्याप्त भ्रष्टाचार, महंगी, अन्याय र अत्याचारबाट जनता आजित भएको भन्दै सरकार प्रति जनताको विश्वास गुमी सकेको बताउनु भयो । काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेर सरकारलाई सच्चिन बारम्बार सचेत गराउँदै आएको बताउनु भएका कार्कीले त्यसका बाबजुत ओली सरकार एकल निर्णय गर्दै अधिनायकवाद तर्फ लम्केकाले अब भने स्वयं जनताले उचित निर्णय लिने समय आएको धारणा राख्नु भयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]