• पुस १, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा पिसिआर परीक्षण कम हुँदा सङ्क्रमितको सङ्ख्या घट्यो

alt

कोरोना भाइरसको पिसिआर परीक्षण पछिल्ला दिनमा घटेको तथ्याङ्कले देखाएको छ । गत महिनासम्म दैनिक दुई हजारको दरले नयाँ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ । तर, पछिल्लो केही दिनयता देशभरि आठ सयदेखि नौ सयको हाराहारीमा मात्र नयाँ सङ्क्रमित थपिएका छन् ।

तथ्याङ्कमा मृत्यु हुनेहरूको सङ्ख्या भने औसतमा घट्न सकेको छैन । औसत दैनिक मृत्यु सङ्ख्या १० देखि २० को हाराहारीमा छ ।

एक महिना अघिसम्म दैनिक १२–१५ हजारभन्दा बढी नमुना परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ । तर, चिसो बढेसँगै परीक्षण दर घटेको छ ।

जाडो महिना र चाडपर्व सकिएपछि सङ्क्रणको अवस्था थप भयावह हुने स्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए ।

परीक्षण कम हुन थालेपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । सरकारले लक्षण देखिएकामा पिसिआर परीक्षण निःशुल्क गरेर अन्यका लागि शुल्क तोकेपछि कोरोना परीक्षण गराउनेको सङ्ख्या घटेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पनि पिसिआर परीक्षण गराउन आउनेको सङ्ख्या धेरै घटेको छ ।

प्रदेश १ मा मङ्गलबार छ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये एक सय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यसअघि पनि चार सयदेखि नौ सय हाराहारीमा दैनिक परीक्षण हुँदै आएको छ ।

प्रदेश १ समाजिक विकास मन्त्रालयका सचिवालय संयोजक डा. रविन्द्र निरौलाका अनुसार कन्ट्याक्ट ट्रेसिङको गाइडलाइन नयाँ आएका कारण परीक्षण गराउन आउनेको सङ्ख्या घटेको हो ।

लक्षण देखिएकाको पिसिआर परीक्षण गराउनका लागि सरकारले खर्च ब्यहोर्ने र अन्यका लागि शुल्क लाग्नु नै कोरोना परीक्षण गराउनेको सङ्ख्या घट्नुको मुख्य कारण हो ।

पिसिआर परीक्षण सबैले गराउन पाए पनि लक्षण देखिएकाले मात्र निःशुल्क पाउने गरी गाइडलाइन परिवर्तन गरेका कारण कोरोना परीक्षण गराउनेको सङ्ख्या घटेको उनी बताउँछन् । पहिला एकजना व्यक्तिमा सङ्क्रमण पुष्टि भए सम्पर्कमा आएका सबैको पिसिआर परीक्षण निःशुल्क हुने गथ्र्यो । तर, कन्ट्याक्ट ट्रेसिङमा परे पनि लक्षण देखिएकाले मात्र निःशुल्क परीक्षण हुने गर्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]