• पुस ८, २०७७
  • जुनकिरी खबर

नेकपा ओली समूहको केन्द्रीय सदस्यमा प्रदेश १ बाट को को भए मनाेनीत ?

alt

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको हिजो मङ्गलबार केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरिएका ५५६ जनामा प्रदेश नं.१बाट करिब सय जना परेका छन् ।

प्रदेश १ बाट मनोनीत हुनेहरुमा ओलीको गृह जिल्ला झापाबाट सबैभन्दा बढी १८ जना छन् । झापाबाट मनोनीत हुनेहरुमा एलपी साँवा, हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, मेनुका काफ्ले, दीपक कार्की, हरि राजवंशी, देवेन्द्र दाहाल, मनकुमारी गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हीरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल छन् ।

त्यसैगरी मोरङबाट मनोनीत १७ जनामा घनश्याम खतिवडा, युवराज बाँस्कोटा, नरेश पोखरेल, गंगा डाँगी, खड्ग बस्नेत, हरि घिमिरे, सुबोधराज प्याकुरेल, रामलाल साह, डीपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत, मोतिलाल दुगड र ऋषिकेश पोखरेल छन् ।

त्यस्तै सुनसरीबाट रेवतीरमण भण्डारी, मुरारी सुवेदी, सर्बध्वज साँवा, विजयकुमार राई, मोतिराज सुनुवार, ओम कोइराला, खेमराज पोखरेल र लक्ष्मी गौतम मनोनीत भएका छन् भने उदयपुरमा दुर्गाकुमार थापा, मणिराज उपाध्याय, वेदप्रसाद पोखरेल, अम्बिका थापा, बिमल कार्की, शैलेश लामा र काजी श्रेष्ठ मनोनीत भएका छन् ।

त्यसैगरी खोटाङबाट उषाकला राई, हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र रामप्रसाद दंगाल, भोजपुरका प्रेम राई, भरत तामाङ, कृपासुर शेर्पा र सिर्जना राई, ओखलढुंगाबाट नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ र अम्बिरबाबु गुरुङ, सोलखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा र कल्पना राई, ताप्लेजुङबाट डम्बरध्वज तुम्बाहाम्फे, उर्मिला थेबे, अनन्त साँवा, तुलसी शिवाकोटी र बुद्धिमान परियार मनोनीत भएका छन् ।

पाँच जनाद्वारा सदस्यता अस्वीकार
ओली समूहको केन्द्रिय सदस्यमा मनोनीत भएका मध्ये पाँचजनाले भने सदस्य बन्न अस्वीकार गरेका छन् ।

प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य गोपालभन्द्र बुढाथोकी, उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र प्रदेश सांसद कला घलेले केन्द्रीय सदस्यको सपथ अस्वीकार गरेको खबर सार्वजनिक भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]